मनाेरञ्जन

अमेरिकामा कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान

वाशिंटन डिसी । अमेरिका भ्रमणमा रहेका ख्यातिप्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का तर्फबाट अमेरिकाको भर्जिनिया राज्यमा सम्मान गरिएको छ ।

दशैं तथा तिहारको अवसर पारी ‘बृहत् दशैं तिहार मेला २०२१’ का अवसरमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा कलाकार श्रेष्ठलाई सम्मान गरिएको हो । इनास भर्जिनिया अध्यक्ष कलाकार राहुल केसी तेजेन्द्र, इनास अमेरिका अध्यक्ष चर्चित गायक कन्हैया सिंह परियार तथा शिक्षा तथा साँस्कृतिक केन्द्रका अध्यक्ष डा. मदन केसीले कलाकार श्रेष्ठलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गरेका थिए ।

सो कार्यक्रममा भ्वाइस अफ नेपालका विजेता गायक किरण गजमेरको पनि प्रस्तुति रहेको थियो भने अमेरिकाका विभिन्न राज्यहरुबाट आएका कलाकारहरु तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । कलाकारको हकहित र सहयोगका लागि भनेर स्थापित इनासले मिर्गौला पीडित पप गायक ओमविक्रम विष्टको उपचारार्थ विविध साँस्कृतिक कार्यक्रम गरी ४० हजार डलर भन्दा बढी सहयोग जुटाइ हस्तान्तरण गरेको थियो । हाल अमेरिकाका विभिन्न राज्यहरुमा इनास विस्तार हुँदै गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>