अन्तराष्ट्रिय

जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी

एजेन्सी । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् ।

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।

पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा २ सय ७३ इलेक्टोरल मत आउनु हो । अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भए पुग्छ । बाइडेनका निकटतम प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा भने २१४ इलेक्ट्रोरल मत प्राप्त भएको छ । पछिल्लो परिणामअनुसार नेभादा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>