अन्तराष्ट्रिय

अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनी यूएईको शरणमा

काबुलमाथि तालिबानले नियन्त्रण बनाएपछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् ।

यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई देशमा स्वागत गरिएको बताएको छ । गनी गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा देश छाडेर भागेका थिए । अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो । अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो ।

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६.९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गरेका थिए । उनले गनीले आफ्नो देश र जनतासँग विश्वासघात गरेको बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>