
१५ जेठ, काठमाडौं। काठमाडौंको कोटेश्वर र नयाँ बानेश्वरमा अण्डरपास निर्माणको काम सुरु गरिनेछ। अर्थमन्त्री जनार्दन शर्माले हुलाकी राजमार्गका लागि ६ अर्ब सात करोड रुपैयाँ रकम छुट्याइएको पनि जानकारी दिनुभयो।
कालोपत्र हुन बाँकी जिल्ला सदरमुकाम पुग्ने सडकका लागि रकम विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा ८ सय किलोमिटर सडक सञ्जाल विस्तार हुनेछ। पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने कार्यलाई तीव्रता दिइने पनि उहाँले उल्लेख गर्नुभयो।उहाँका अनुसार मदनभण्डारी राजमार्गका लागि दुई अर्ब ९१ करोड विनियोजन पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड विनियोजन गरिएको छ।
नेपाललाई सडक मानव मुक्त राष्ट्र बनाइने पनि उहाँले स्पष्ट पार्नुभयो। अर्थमन्त्री शर्माका अनुसार काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा पूरा गर्नेगरी मार्ग निर्माण गरिनेछ।




