प्रदेश २समाचारस्थानीय

विधार्थीहरुलाई पोसाक वितरण कार्यक्रम सम्पन्न

११ बैशाख, महोत्तरी, नबिन साह। नेपाल राष्ट्रिय आधारभुत बिधालय विश्वम्भरपुर रामगोपालपुर नगरपालिका वडा नं. ६, महोत्तरीको बिधालयमा स्थानीय रामगोपालपुर नगरपालिका वडा नं.६ को कार्यालय द्वारा बिधालयको ४०० जना विधार्थीहरुलाई पोशाक वितरण कार्य सम्पन्न भएको छ।

रामगोपालपुर नगरपालिका वडा नं.६को वडा अध्यक्ष शिव चन्द्र महतले वडा कार्यालयबाट नेपाल राष्ट्रिय आधारभुत बिधालय विश्वम्भरलाई कक्षा १ देखि कक्षा ७सम्मको ४००जना विधार्थीहरुको लागि सर्ट र पैन्ट उपलब्ध गराउनुको साथै बिधालयलाई ह्वाइट बोर्ड ११ थान, बोर्ड मार्कर ११ थान,डस्टर ११थान शैक्षिक सामग्री स्थानीय बिधालयको प्रधानाध्यापक किरण कुमारी चौधरी लाई स्थानीय नगरपालिकाको मेयर राम दुलार साह, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार मंडल, नगरपालिकाको शिक्षा प्रमुख देव नारायण सिंह, वडा अध्यक्ष शिव चन्द्र महतद्वारा हस्तान्तरण गरियो।

पोसाक वितरण कार्यक्रम स्थानीय नगरपालिकाको मेयर राम दुलार साह द्वारा दिप प्रज्वलन गरी बिहान ८:०० बजे शुरु भएको थियो। यस कार्यक्रममा रामगोपालपुर नगरपालिकाको मेयर, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाको शिक्षा प्रमुख, वडा अध्यक्ष, भू.पु. प्रधानाध्यापक, भू.पु. बिधालय ब्यवस्थापन समिति अध्यक्ष,वडा सदस्य, भद्र भलादमी र पत्रकार, बुद्धिजिवी लगाएतको मानिसहरूको उल्लेखनिय उपस्थिती रहेको थियो।

स्थानीय वडाको वर्तमान वडा अध्यक्ष शिवचन्द्र महतोले वडा अन्तरगतको शिक्षा, स्वास्थ्य, बिकास निर्माण, कृषिको क्षेत्रमा जनताले अनुभुति गरिने प्रकारले चौतर्फी बिकासको निम्ति कडा मिहिनेत गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>