धर्म संस्कृति

पाष्टर तथा अगुवा भेला विवादित भई निष्कर्ष विहिन

धनगढी उप-महानगर पालिका पास्टर तथा अगुवाको एकता भेला विवावित भई निष्कर्ष विहिन भयको छ।

२०७९/०२/१५ गते धनगढी उप महानगर पालिकामा भयका इसाईहरु एकतामा रहेर इशाईहरुको हकहितको लागि काम गर्न धनगढी नगर इसाई समाज गठन गर्ने उदेश्यकासाथ एफजिटी चर्च धनगढीमा बसेको आजको भेलामा केही पाष्टरहरुले मनोमानित ढङ्गले अनि अस्थाई कमिटीले गरेको निर्णय विपरीत समिति चयन गर्न खोज्दा र अधिकांश पास्टर तथा अगुवाहरुलाई भेलामा बोलाएर उहाँहरुको सल्लाह र सुझाव नलिईकन खालि तालि वजाउने काम गरियकोले विवाद उत्पन्न भएको पास्टर कमलेस चौधरीले वताउनु भयो।

पदको खिचातानीले गर्दा समिति चयनमा विवादित आयको र सिनियर भन्ने पाष्टरहरुले जुनियर पाष्टरहरुलाई विस्वास गर्न नसक्नु अनि अधिकांश पास्टहरुको सल्लाह नलिई सेटिङ्गमा समिति चयन गर्न खोज्नु आजको मुख्य विवादित विषय बनेको थियो। सवै संघ सस्थाका पाष्टरहरुको उपस्थित रहेको भेलाको अध्यक्षता पाष्टर जोयल भण्डारीले गर्नु भयको थियो भने वचनको सेवा पाष्टर हिरालाल भाटले गर्नु भयको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>