धर्म संस्कृतिसमाचार

ख्रीष्टियनहरुको मुक्तिको लागि क्रुसमा झुण्डिन तयार छु : आङकाजी शेर्पा

ललितपुर । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव, एवंम जनता समाजवादी पार्टीका केन्द्रीय सचिवालयका सदस्य आङकाजी शेर्पाले नेपाली ख्रीष्टियनहरुको मुक्तिको निम्ति आफु क्रुसमा झुण्डिन तयार रहेको बताएका छन्। मंगलबार मिडिया एड्भोकेसी फोरम नेपाल र नेपाल प्रेस सोसाईटीले संयुक्त आयोजना गरेको ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताएका हुन्।

‘नेपाली ख्रीष्टियनहरुले बाइबल बोक्न नपाउने, आफनो धर्मको प्रचार गर्न र धार्मिक अभ्यास गर्न नपाउने यो कस्तो धर्मनिरपेक्षता हो। उनले भने, ख्रीष्टियनहरुले वडा दिन ख्रीष्टमसको विदाको लागि जहिल्यै सरकारलाई गुहार्न पर्ने यो कस्तो राज्य हो उनले प्रश्न गरेका छन्। नेपाली अल्पसंख्यक ख्रीष्टियनहरुको पहिचान, हकहित र अधिकारका प्राप्तिको लागि सडकमार्फत आन्दोलनको शुरुवात गरेमा म त्यसको पक्षमा पहिलो आदोलनको सहयात्री हुन्छु,’ उनले भने, ख्रीष्टियनहरुको धार्मिक आस्थाको स्वतन्त्रता कुण्ठित भएको छ। न पहिचान छ न लाश गाड्ने चिहान छ यो कस्तो न्याय हो।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वरिष्ठ पत्रकार शन्तराम बिडारीले सबै धर्म असल आचरण सिकाउने स्रोत भएको हुँदा व्यक्तिले आफनो आस्थाका कारण राज्यबाट विभेद भोग्नु विडम्बना भएको बताउनुभयो। उनले एक असल संचारकर्मीले आफनो समाचार वा प्रसारित सामाग्रीले सबै धर्मको आस्थामा आँच आउने र धार्मिक सद्भावमा खलल् पुर्याउन नहुने बताए। माफ नेपालका अध्यक्ष विदुर अधिकारीले धार्मिक सहिष्णुता कायम गर्न पत्रकारहरुले आफनो पत्रकारिताको धर्म निभाउनु पर्ने बताउनुभयो
। कार्यक्रममा ख्रीष्टमसको अवसरमा आमन्त्रित अतिथिले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएका थिए।

कार्यक्रमका संयोजक पत्रकार कुमारसिहं विष्टको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ गजल गायक आनन्द कार्की, नेपाल प्रेस सोसाईटीका अध्यक्ष केशव लुइँटेल, नेपाल पत्रकार महासंघ ललितपुरका पूर्वसचिव सविन शर्मा, आशा नेपालका संस्थापक विमला थापा, विनिप्रप सेवकाई नेपालका संस्थापक चेत बहादुर खरेल, सुन्दर नेपाल सरसफाई अभियानका राष्ट्रिय संयोजक वीर बहादुर तामाङ, विभिन्न पार्टीका नेता लगायत समाजसेवीहरुको सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>