अन्तरर्वार्ता

यूएईमा उर्गेनले ३ बर्षअघि लेखेका थिए ‘टाढा भएपनि’

गीतकार, गायक तथा संगीतकार उर्गेन दोङको ‘टाढा भएपनि’ बोलको गीत यतिबेला सर्वाधिक चर्चामा छ ।

उर्गेनले यो गीतको मेल भर्सन सार्वजनिक गरिसकेपछि अस्मिता अधिकारीको स्वरमा फिमेल भर्सन निकालेका हुन् । उसो त, उर्गेनले यस भन्दा अगाडि पनि गीत सार्वजनिक नगरेका होइनन् । तर, उनका गीतलाई दर्शकले पत्याएनन् । उनलाई पनि संगीतकारले पत्याएनन् । घरको जेठो छोरा भएकाले पनि घर चलाउनुपर्ने दबाब उनमा थियो । यसैले, उनी यूएइतर्फ लागे । यूएइमा रहँदै गर्दा उर्गेनले ३ बर्ष अगाडि ‘टाढा भएपनि’ बोलको गीत कोरेका थिए । काम गरेर पैसा कमाएपछि नेपालमै गएर सांगीतिक क्षेत्रमा भविष्य बनाउने योजना उनको थियो ।

यूएइमा आयोजना भएको ‘अल्फा गट ट्यालेन्ट’को विजेता बनेपछि उर्गेनलाई नेपाल फर्किएर केही गर्ने सोच बन्यो र उनी नेपाल फर्किए । उनले यूएई जानु अगाडि पनि ३ वटा गीत सार्वजनिक गरिसकेका थिए । उर्गेनले भने–‘कती साथीहरुसँग र परिवारसँग मागेर गीत निकाल्नु भन्ने लाग्यो । यसैले, पैसा कमाउनकै लागि म यूएइ गएँ ।’ अहिले उर्गेनको माग नेपाली सांगीतिक क्षेत्रमा ह्वात्तै बढेको छ । गीतमा शब्द र संगीतमा काम गर्नका लागि उनलाई अफरको ओइरो छ । उनी भन्छन्–‘सबैले चर्चा वा भाइरल भएपछि नै खोज्ने रहेछन् ।’

उर्गेन नेपाल आइडलमा पनि सहभागी हुन पुगेका थिए । तर, उनी पहिलो चरणबाट नै बाहिरिए । उनी, आफू धेरै क्यामेरा देखेपछि आत्तिएको बताउँछन् । यो गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीको स्वर छ । अस्मिताको स्वर आफूलाई पहिलेबाट नै मन परेकाले उनलाई फलो गरेको उर्गेनले सुनाए । ‘टाढा भएपनि’ बोलको गीत चलेपछि उर्गेनलाई चुनौती थपिएको छ । दर्शकले उनीबाट अब यस्तै स्तरिय गीतको अपेक्षा राखेका छन् । उर्गेनले अनलाइनखबरसँग भने–‘मलाई थाहा छ कि, मैले अब कमजोर गीत बजारमा ल्याउन हुन्नँ । यसैले यो कुरामा म गम्भिर छु । टाढा भएपनि जस्तै उत्कृष्ट नभएपनि यसको वरिपरी आउने गीत मैले ल्याउनुपर्छ ।’

यो गीतले एक अर्कासँग भौतिक रुपमा टाढा भएका प्रेमी–प्रेमिकाको कथा भन्छ । उर्गेन आफूले यो गीत भावनामा लेखेको बताउँछन् । आफ्नी मायालुलाई संझिएर त लेख्नु भएको होइन नी भन्ने प्रश्नमा उनले भने–‘त्यस्तो त केही पनि होइन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>