अन्तरर्वार्तामनाेरञ्जन

महिलाहरुमाथि अघोषित युद्ध : रेखा थापा

अभिनेत्री रेखा थापा पछिल्लो समय फिटनेसका कारण चर्चामा छिन् । लकडाउनको अवधिभर फिटनेशमा ध्यान दिएर उनले करिव २० केजी तौल घटाएको समाचारसमेत बाहिर आएका थिए ।

उनी अहिले नयाँ फिल्म निर्माणको तयारी पनि गर्दैछिन् । त्यही फिल्म अभिनयका लागि उनले तौल घटाएको चर्चा पनि नचलेको होइन । यस विषयमा उनले आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ । केही अगाडि तामझामका साथ राजनीतिमा पनि प्रवेश गरेकी उनी पछिल्लो समय राजनीतिमा त्यति सक्रिय छैनन् । सामाजिक अभियन्ताको रुपमा समेत परिचित रेखा सामाजिक संन्जालमा आफ्नो प्रभावकारी अभिव्यक्ति समेत राख्दै आएकी छन् ।

यस्तैमा आज शुक्रबार शहीद दिवसको अवसर पारेर उनले महिलामाथि हुने विभिन्न प्रहारको विरुद्ध प्रतिकार गर्नुपर्ने बताएकी छन् । उनले महिलामाथि हुने प्रहारहरुलाई महिलाले नै प्रतिकार गर्नुपर्छ भन्दै अन्याय सहेर बस्ने कि प्रतिकार गर्ने भन्ने महिलामै भरपर्ने धारणा राखेकी छन् । उनी लेख्छिन्, ‘यो संसारको सबैभन्दा ठूलो विपत्ति भनेको महिलालाई लक्षित गरेर हुने भौतिक, मानसिक, सामाजिक र नैतिक प्रहारहरु हुन् । महिलाहरुमाथि अघोषित युद्ध नै थोपरिएको छ । अब रोजाइ महिलाको हातमा छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>