राजनीतिसमाचार

जनताले नेता गाउँ जाँदा ‘कुन चोर आयो’ भन्छन्: राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जनतामा नेताप्रति बिश्वास नरहेको टिप्पणी गरेका छन ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिले नेताहरुप्रति जनताको विश्वास मरेको बताएका हुन। ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन। अदालत अदालत जस्तो छैन। यो सबैलाई ठीक लगाउने कसले ? राजनीतिले। तर राजनीति ठिक छैन’, उनले भने।

लिङ्देनले आफ्नो गाउँघरतिर जनताले नेतालाई नेता नभनेर ‘कुन चाहिँ चोर’ भन्ने गरेको सुनाए। ‘कुनै एउटा गाउँमा म वा अन्य कोही नेता पुग्नुभयो भने पार्टीका कार्यकर्तालाई नेता आए भनेर आम जनता बोलाउन जानुपर्ने अवस्था छ,’ उनले भने ‘यसरी बोलाउँदा जनताले नेता आएछ भनेर हैन, कुन चाहिँ चोर आएछ भनेर भन्ने गरेका छन्।’

लिङ्देनले राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुनपातिक संसद् र सांसद्ले मन्त्री बन्न नपाउने व्यवस्था गर्न प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>