कर्णाली प्रदेशसमाचारस्थानीय
सीता परियार दलित समुदायको पहिलो महिला सीडीओ

काठमाडौं। दलित समुदायबाट सीता परियार नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन्।
गृह मन्त्रालयले उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो। उनी यसअघि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन्। यसअघि दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिव बनेका छन्।




