बागमती प्रदेशराजनीति

समाजवादी प्रेस संगठन काठमाण्डौंको जिल्ला कमिटिको घोषणा

काठमाण्डौं। शनिबार काठमाण्डौंमा भएको पत्रकारहरुको भेलाले लामाको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको छन्। समाजवादी प्रेस संगठन नेपाल काठमाण्डौंको अध्यक्षमा भीम लामा चयन भएका हुन्।

समितिका उपाध्यक्षमा सुविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा लक्ष्मी चौलागाई, सचिव योगेन्द्र चौलागाई, सह सचिवहरु रुपचन्द्र महर्जन र समावेशी सह सचिव गणेश वि.क. कोषाध्यक्ष सुजन पाख्रिन र सदस्यहरुमा मेनुका कार्की, सुसन भट्टराई, बद्री चौलागाई, स्यारोन घिसिङ, सुनकुमारी थिङ, राजकुमार सुब्बा, रामचन्द्र रम्तेल, यमन मुन्देल र डिक श्रेष्ठ रहेका छन्।

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य शम्भु श्रेष्ठले हालसम्म पनि प्रतिगमन नसकिएको भन्दै उद्देश्य सहितको पत्रकारिता जरुरी भएको बताए। समाजवादी प्रेस संगठनले देशैभरीका जिल्ला प्रदेश, क्षेत्रीय तथा उपत्यकाका भेला सकेर आउँदो फागुन ७ गते राष्ट्रिय भेलाको आयोजना गर्ने बताएको छ।

काठमाण्डौं उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुर मध्य भत्तपुर र ललितपुरको जिल्ला भेला यसअघि सम्पन्न भइसकेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>