सूचना प्रबिधि

तेस्रो वर्षमा ‘टेकसाथी’

काठमाडौं । टेक्नोलोजी पोर्टल ‘टेकसाथी’ले स्थापनाको दोस्रो वर्ष पूरा गरेको छ ।

तेस्रो वर्ष प्रवेशको अवसरमा यसै वर्षदेखि विद्यार्थी, नवव्यवसायी र युवा उद्यमीलाई लक्षित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको ‘टेकसाथी’ले जनाएको छ । टेकसाथीले सूचना प्रविधि सम्बन्धि गतिविधि आम पाठकसामू पु¥याउँदै आएको छ । सूचना तथा प्रविधि समाचार, प्रविधि बजारको अवस्था, विभिन्न प्राविधि उपकरणहरूको समीक्षा र नवप्रवर्तन व्यवसायको सफलताका विषयमा समाचार एवं जानकारी सम्प्रेषण गर्दै आएको यसले नेपाली बजारमा उपलब्ध नयाँ प्रविधि, उपकरण र तिनीहरूको उपयोगिताबारे पाठकलाई विस्तृत जानकारी गराउँदै आएको छ ।

यस कम्पनीले एशियाको सबैभन्दा ठूलो सूचना प्रविधि सम्मेलन एडिएपिटी कन्भेन्सनको सहआयोजकको रूपमा पनि काम गरिसकेको छ । कम्पनीले विभिन्न ह्याकाथन एवं सूचना प्रविधिसँग सम्बन्धित गतिविधिमा आफूलाई साझेदारका रूपमा पनि पटकपटक प्रस्तुत गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>