समाचार
शाही युवा शक्तिले दियो ६५ परिवारलाई राहत

दोस्रो भेरियन्ट कोभिड को लकडाउन सुरु भयको महिना दिन पुग्नै लाग्दा काठमाडौ नारायणटारका बिपन्न तथा दैनिक ज्यालादारी गरि खाने करि ६५ परिवारलाई खाध्यान्न तथा राहत बितरणका काम शाही युवा शक्ति नेपालका पदाधिकारी हरुले सम्पन्न गरेका छन।
शाही युवा शक्तिका केन्द्रीय सदस्यहरु प्रकाश भुजेल,सुजन तामाङ, भुवन वाइबा तामाङ लगायतका सहयोगि मनहरुले चामल, नुन तेल जस्ता अत्यावश्यक खाध्यान्न बितरण गरेका हुन । उक्त राहत प्राप्त गर्दा स्थानीय बिपन्न बर्ग समेत प्रफुल्ल देखिएका थिए । सरकारले लकडाउन गरेर बिहान बेलुककिको हात मुख जोड्न समस्या परिसकेको भएकोले दाताले सहयोग गर्दा एकदमै खुशी लागेको बताएका छन् ।




