समाचार
एकै परिवारका सात जना दुर्घटनाग्रस्त विमानमा
काठमाडौं, जेठ १६। मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ।
हिजो बिहानदेखि बेपत्ता भएर आज बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार रहेको पुष्टि भएको छ। उक्त विमानमा मिथिला नगरपालिका– ११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए।
उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।