प्रदेश २राजनीति

महोत्तरी नेकपा एमालेमा अन्तरिक मतभेद, दुइ समानान्तर नगर कमिटी गठन

३ चैत्र, नबिन साह, महोत्तरी। नेकपा एमाले महोत्तरी जिल्लामा जिल्ला कमिटी देखि नगर कमिटी सम्मै बिबाद देखिएको छ। दुई नेताहरु पोलिटब्यूरो सदस्य पूर्व सांसद क. राम दियाल मंडल र केन्द्रीय कमिटी सदस्य यूवा नेता सरोज कुमार यादव बिचको आन्तरिक बेमेल र असमझदारीको कारण पार्टीमा त्यसको असर जिल्ला देखि नगर स्तर सम्म परेको छ।

नेकपा पोलिटब्यूरो सदस्य राम दियाल मंडल नेकपा एमाले स्थायी कमिटी सदस्य पूर्व मन्त्री एवम् मधेश प्रदेश ईन्चार्ज समेत रहेको क. रघुबिर महासेठको निकटक हुन् भने अर्को केन्द्रीय सदस्य रहेको नेता सरोज कुमार यादव नेकपा एमाले स्थायी कमिटी सदस्य पूर्व मन्त्री एवम् मधेश प्रदेश कमिटी सह-ईन्चार्ज समेत रहेको क. प्रभु साह निकट हुन्।

नेताहरु आपसमा मिलन नसकेकै कारण नगर स्तरमा पार्टीको छुटा-छुटै समानान्तर कमिटी चयन भएको छ। जसको कारण नेकपा एमालेको कार्यकर्ताहरु दो- धारमा परेको छ। स्थानीय चुनाव हुनु भन्दा अगाडी नै पार्टीको जिमेवार नेताहरुले जिल्ला देखि नगर र वडा सम्मको बिबादलाई निकास दिन नसक्ने हो भने यसको असर स्थानिय चुनावमा पर्ने देखिएको छ।

यसको प्रभाब महोत्तरीको रामगोपालपुर नगर कमिटीमा पनि देखिएको छ। दुई वटा नगर समानान्तर कमिटी गठन भएको छ। दुई मध्ये कुनैले पनि पार्टीबाट बैधानिकता पाएको भने छैनन। दुबै समानान्तर कमिटीले छुट्टा -छुट्टै बैठक राख्दै आएको छ। एउटा नगर कमिटीको अध्यक्षमा रामकिशोर चौधरी चयन भएको छ भने अर्को कमिटीको अध्यक्षमा श्याम सुन्दर राय कुर्मी चयन भएको छ।

रामगोपालपुरको समुदायिक भवणमा ३ चैत २०७८ मा नेकपा एमाले महोतरीको‌ नगर समानान्तर कमिटीको दोस्रो बैठकको प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य क. मोहन महतो र विशिष्ट अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य गौरी मंडल समेत रहेको समानान्तर कमिटीको बैठक अध्यक्ष श्याम सुन्दर राय कुर्मीको अध्यक्षतामा सम्पन्न भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>