जातीय विभेद विरुद्धको आन्दोलनमा प्रहरी हस्तक्षेप

११ असार, काठमाडौं मकल राई। जातीय विभेदविरुद्ध आज काठमाडौंको माइतीघरमा गरिएको बिरोध प्रदर्शनमा प्रहरीले व्यापक हस्तक्षेप गरेको छ ।
‘संयुक्त राजनीतिक दलित संघर्ष समिति’को आयोजनामा गरिएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेर आन्दोलन लाई तितरबितर बनाएक कुरा आन्दोलनमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दलमर्दन कामिले जानकारी दिएका छ्न । सदैऔं देखि हिन्दुबर्णश्रमवादी व्यवस्थामा आधारित जात व्यवस्थालाई जबर्जस्त लादी विभेद दमन र शोषण गर्दै शिल्पी समुदायलाई सत्ता शक्ति र सम्पत्ति बाट बर्जिज गरि सुद्र अछुत पछिल्लो समय जबर्जस्त संबैधानिक रुपैया शिल्पीलाई दलित बनाएर अपामान गर्यो राज्यले । हिन्दुधर्मकै आड भरोसा र ग्रसित मानसिकता बाट पछिल्लोपटक तथाकथित दलित भएकै कारण देशको राजनीतिको मुटु काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानले संचारकर्मी रुपा सुनारलाई तथाकथित सानो जात अर्थात तथाकथित दलित भएकै कारण कोठा भाडामा दिन अस्वीकार गरेपछि रुपा सुनारले असार ३ गते जाहेरी दिएकी थिइन् ।
रुपाको जाहेरीको आधारमा घरबेटी असार ६ गते पक्राउ परेकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई प्रहरीले गर्दै गरेको अनुसन्धानलाई प्रभाव पारी सत्ता र शक्तिको दुरुपयोग गर्दै छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार पुगेपछि प्रत्येक्ष बिभेदमा आरोपित सरस्वती प्रधान भन्दा पनि मन्त्री श्रेष्ठ प्रती आन्दोलनकारी आक्रोशित भएकाछ्न र मन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल सरकारको मन्त्री बाट बर्खास्त हुनुपर्ने र प्रधान लाई कारवाही हुनु पर्ने माग सहित दलित अधिकार कर्मीहरुल् चरणबद्ध आन्दोलनको सुरुवात गरेको नेता कामिले जनाएकाछन् ।
आज भएको आन्दोलनमा जातीय विभेदको अन्त्य गर, बिभेदकारी शिक्षा मन्त्रीलाई कारबाही गर, घरबेटी प्रधानलाई कानुन बमोजिम कारवाही गर भन्दै आन्दोलनकारीहरुले नजारावाजी गरेकाथिए। प्रहरीले भने कोभिड १९ को संक्रमणको रोकथामका लागी गरिएको लकडाउनको समयमा भेला भएको भन्दै आन्दोलनकारीलाई हस्तक्षेप गर्दै तितरबितर पारेको थियो आन्दोलनमा दलित अधिकारकर्मीले भने न्याय र मुक्तिको आन्दोलन कहिले नरोकिने भन्दै आन्दोलन जारी रहेको बताएका छन् । आन्दोलनमा आज भएको कार्यक्रम जसपाका नेता दलमर्दन कामी , रण बहादुर रम्तेल,बैज्ञानिक समाजवादी पार्टीका नेता राजकुमार हिङ्माङ दुर्गा बिक को नेतृत्व रहेको थियो ।




