
काठमाडौं । श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७५३ रोजगार सेवा केन्द्रका १५०६ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा १ दिनको क्षमता अभीबृदि प्रशिक्षण आयोजना गरिने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) द्वारा आयोजितसो कार्यक्रम आइएलओ को सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्राली को एकाइ मार्फत सन्चालनहुने भएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको ठूलो परियोजना हो जुन बेरोजगार हरुलाई रोजगार पाउनका लागि परियोजना र कार्यक्रम हरुको विकासमा कार्यरत छ। पीएमईपीको कार्यक्रम मुलुकमा सफल पार्नका लागि, प्रत्येक ७५३ –स्थानीय स्तरमा १ रोजगार संयोजकर १ प्राविधिक सहयोगी कार्यरत छन्। यस प्रधानमन्त्री रोजगार कार्यक्रमले ILO को सहकार्यमा रोजगार सेवा केन्द्रका कर्मचारीहरुलाई प्रोजेक्ट साइकल व्यवस्थापनमा सम्बन्धि क्षमता अभीबृदि तालिम कार्यक्रमको आयोजना गर्न लागिरहेको छ। उक्त कार्यक्रमका कार्यान्वयनका लागि ग्लोकल प्रालीले eLearning प्लाटफर्म मार्फत कर्मचारीहरुलाई तालिमदिने कुरा घोषणा गरेको छ।

बेरोजगारलाई रोजगारीमा ल्याउन गरिएका सबै कामहरू एक ठूलो परियोजना हो र यसलाई धेरै कुशलता पूर्वक व्यवस्थापन गर्न आवश्यक छ । रोजगार संयोजकहरू र प्रत्येक प्राविधिक सहयोगीले ७५३ स्थानीय स्तरमा ठूलो परियोजना सञ्चालन गरिरहेका छन्। स्थानीय रोजगार सेवा केन्द्रका कर्मचारीहरूका लागि नतिजामा आधारित परियोजना ब्यबस्थापन र सञ्चार प्रशिक्षणको यो विशेष कार्यले पीएमईपीका कर्मचारीहरूलाई प्रभावकारी प्रशिक्षण लिन र आफ्नो कार्य कौशलतालाई अझै ससक्त बनाउनझन पे्ररित गर्दछ। ७५३ रोजगार सेवा केन्द्रहरुका स्थानीय कर्मचारीहरुलाई परिणाममा आधारित व्यवस्थापन आधारभूतहरू, र संचारको सिद्धान्तहरू बारे तालिम दिने लक्ष्यका साथ, ग्लोकलले कुल १५०६ जना कर्मचारीहरु लाई दैनिक ४ समुहमा बिभाजन गरी १० दिन सम्म तालिम सन्चालन गर्नेछ। जुलाई २० देखि २९ सम्महरेक समुहले ६ घण्टाको विस्तृततालिम एवम प्रशिक्षन पाउने छन।

उक्त तालिममा परियोजनाचक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधिहरू, सार्वजनिक रोजगार कार्यक्रमहरू, सिकाई र अनुभवहरू, रोजगार सेवा केन्द्रहरूद्वारा प्रभाबकारी सेवावितरण लगायतका बिषयहरु समाबेश गरिनेछ। यस प्रधानमन्त्रि रोजगार कार्यक्रम श्रम मन्त्रालय र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र आई यल ओ को सहयोगमा ग्लोकल प्रा.लि. को एक एकाइ, ग्लोकल आफ्टर स्कुलले प्रशिक्षण कार्यान्वयन पार्टनरका रुपमा काम गर्ने भएको छ।




