प्रवास

अस्ट्रेलियामा एक हप्तामा तीन नेपाली विद्यार्थीको मृत्यु

उज्ज्वल भविश्यको सपना बोकेर उच्च अध्ययन गर्न अस्ट्रेलिया आएका तीन नेपाली विद्यार्थीको यसै साता विविध कारणले मृत्यु भएको छ।

पर्थमा दुई वर्षअघि अध्ययनका लागि आएका रामेछापका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र शुक्रबार एनएसडब्लुको डब्बोमा एक महिलाको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ। दुई वर्षअघि उच्च अध्ययनका लागि पर्थ पुगेका रामेछापका सम्राट तामाङ पर्थको एक स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो। दुई वर्षदेखि अध्यनको क्रममा पर्थमा रहेका सम्राटको केहि दिनदेखि बेहोसीको हालतमा उपचार भइरहेको र उनको ज्यान बचाउनका लागि नेपाली समुदायको तर्फबाट पहल समेत गरिएको थियो। तर उपचारको हरेक प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको एनआरएन ओसेनियाका युवा संयोजक राज थपलियाले बताए। उनको अन्तिम संस्कारको लागि शव नेपाल पठाउन एनआरएन तथा स्थानिय संघ संगठनहरु लागिपरेको थपलियाले सेतोपाटीलाई जानकारी दिए।

यस्तै लिभरकी बिरामी रश्मी लेखकको उपचारकै क्रममा निधन भएको थियो भने डब्बोमा नवलपरासीकी एक महिला आफ्नै कोठामा मृत फेला परेकी थिइन्। लिभर ट्रान्सप्लान्ट गरेर रोगलाई परास्त गर्न सफल रश्मीले उच्च अध्ययन पुरा गरेर क्यानबेरामा आफ्नो स्थायीत्व प्रकृयामा रहदै गर्दा पुनः सोही रोगले च्यापेपछि अस्पताल भर्ना भएकी थिइन्। ‘दैवको खेल भनौं यस्तो लाउ लाउ र खाउ खाउ भन्ने उमेरमा एउटा सानी बहिनीलाई आखिर हामीले गुमाउनु पर्‍यो, यसबाट हाम्रो नेपाली समाज निकै दुखित भएको छ’, एनआरएनकी सचिव सन्ध्या शाहले जानकारी दिइन्। कोरोनाको प्रभाव बढ्दै गएको र लकडाउनको कडाइका कारण रश्मीको अन्तिम संस्कार सिड्नीमा गरिएको छ।

यस्तै एनएसडब्लुको डब्बोकी एक नेपाली छात्रा आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनको मृत्युबारे प्रहरीले छानबिन प्रकृया अगाडि बढिरहेको अवस्थामा नाम र पहिचान खुलाउन नसकिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>