मनाेरञ्जन
गायनसङै अभिनयमा सक्रिय हुँदै स्नेहा

भद्र २८, घनश्याम लिमल्सिना काठमाडौँ , बि.स २०६० सालमा बिराटनगरमा जन्मियकि स्नेहा मगर सानैदेखि गायनमा अब्बल थिइन । कक्षा ४ बाट काठमाडौ आयर अध्यन सुरु गरेकी स्नेहा ले सुरशाला संगीत पाठशाला मा भोकल सिक्न सुरु गरिन र आफू पढ्ने स्कुल रेडियन्टबाट गायनमा छनोट मा समेत परिन। स्कुले जिबनमा थुप्रै प्रतियोगिता हरुमा गायन प्रथम भयकी स्नेहाले केही समय अगाडि एउटा कमेडी गितमा समेत आफ्नो भोकल प्रस्तुत गरिसकेकि छिन।
चलचित्र निर्देसक घनश्याम एन्टिना को फिल्म बदला रिटर्नस मा समेत अब्बल किशिमको भुमिकामा अभिनय गरेकी स्नेहा उमेरले भर्खर १८ बर्षकी मात्रै भयकिछिन। केही म्युजिक भिडियोको छायांकन को तयारिमा रहेकी स्नेहा भबिस्यमा कला क्षेत्रमा जम्ने उद्देश्यले अगाडि बढिरहेको बताउछिन।




