मनाेरञ्जन
‘परान’ को कमाइले १४ करोड नाघ्यो

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ को देशब्यापी कमाइ १४ करोड नाघेको छ ।
चौंथो शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ नेरु ग्रस कमाएको हो । दीपक आचार्य काकु निर्देशित फिल्म १४ कात्तिकमा रिलिज भएको थियो । पछिल्लो शनिबार अर्थात ६ मंसिरसम्म फिल्मले उक्त कमाई गर्दै ४ लाख ९९ हजार १६८ वटा टिकट बिक्री गरेको छ ।
यो विवरणसँगै ‘परान’ २०८२ सालमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।




