समाचार
करार कर्मचारीद्वारा धर्ना कार्यक्रम

नविन शाह,महोत्तरी। महोत्तरी स्थित रामगोपालपुर नगरपालिकाको कार्यालय अगाडी आज देखि करारमा काम गर्दै आएको इन्जिनियर अमित कुमार यादबको नेतृत्वमा करारमा रहेर काम गर्दै आएको कर्मचारीले धर्ना कार्यक्रम गरेका छन्।
करार अवधि समाप्त भए पछि नव निर्वाचित रामगोपालपुर नगरपालिकाको मेयर राम दुलार साहले करारको कर्मचारीहरुलाई अवकास दिए पश्चात करारको कर्मचारीहरुले रामगोपालपुर नगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका हुन्। धर्ना कार्यक्रमको आयोजक रामगोपालपुर नगरपालिका स्वास्थ्य सेवा विभाग चौथो तहका बैजनाथ कुमार मण्डलले हाम्रो माग पुरा नभए सम्म धारणा कार्यक्रम जारी रहने बताएकोछन्।
नगरपालिकामा करारमा काम गर्दै आएको कर्मचारीलाई पुन म्याद थप गरी निगति गराई पुन काम गर्न पाउनु पर्ने माग सहित धर्ना कार्यक्रम गरेका हुन्।




