कारण देखाउ आदेश : पास्टर केशव आचार्य

काठमाण्डौ। सम्मानित जिल्ला अदालत डोल्पा मा. केशवराज चपाइँको एकाल इजलासले मिति २०७/०८/०६ गते बादी सरकार प्रतिवादी केशवराज आचार्य भएको धर्म परिवर्तन सम्बन्धी कसुर मुद्दामा प्रतिवादी केशव आचार्यले मुलुकी अपराँध संहिता, २०७४ को दफा १५८(१) (२) बमोजिम कसुर गरेको ठहर भएको हुँदा प्रतिवादी केशवराज आचार्य लाई मिति २०७८/८/१४ गते उपस्थित गराउने गरी मा. न्यायधीश केशवराज चपाईंको आदेशले जिल्ला कारागर कार्यालय डोल्पामा थुनामा रहेका केशवराज आचार्यको हकमा कृष्ण बहादुर श्रेष्ठ निवेदकले, जिल्ला अदालत डोल्पा र जिल्ला कारागर कार्यालय डोल्पा लाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरण लगायतको आदेश जारी गरी गैह्रकानूनी थुनाबाट मुक्त गरी पाउ भनी निवेदनपत्र २०७८/०८/०८ मा दर्ता गरेको थियो ।
विपक्षीहरुको कार्य प्रचलित संविधान, कानून, नागरिक अधिकार, मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय मूल्य मान्यता एवं सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल भई गैह्र कानूनी छ । निवेदकको संविधान र कानून प्रदत अधिकारको संरक्षण गर्न निज थुनामा रहेकोले निवेदकको संविधान प्रदत अधिकारको मौलिक हकको संरक्षणका लागि निवेदकलाई गैह्र कानूनी थुनामुक्त गराई पाउँ भनी निवेदकको पक्षबाट कृष्ण बहादुर श्रेष्ठ निवेदकले सम्मानित श्री सर्वोच्च अदालतमा निवेदन सम्बन्धमा विपक्षी नाउँमा २०७८/०८/०९ गते माननीय न्यायधीश श्री तेज बहादुर के. सी. को एकल ईजलासले कारण देखाउ आदेश जारी गरेको छ ।




