समाचार
बाक्लो हुस्सुको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान स्थगित

काठमाडौँ। मौसममा खराबी आएर बाक्लो हुस्सु तथा कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द भएका छन्।
आज बिहानैदेखि काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने मौसम समे पूर्ण बदली रहेको छ। प्रतिकूल मौसमका कारण बाहिरबाट आएका विमान समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेनन्। साथै विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ।
हुस्सुका कारण भिजिबिलिटी ज्यादै कम देखिएकाले उडान तथा अवतरण बन्द गर्नुपरेको हो। बिहान हुस्सुकै कारण जजिरा एयरलाइन्सका २ विमान अवतरण गर्न सकेनन्। त्यसपछि काठमाडौंको आकाशमा ती जहाज फन्को लगाउँदै अवतरण सहजताको प्रतीक्षामा रहेको कार्यालयले जनाएको छ।




