
काठमाडौं । सरकारसँग विभिन्न माग राखी एपि मसिहा पार्टी नेपाल र आफ्नै भातृसंस्था रहेको परिवर्तन युवा संघ नेपालको संयुक्त आयोजनामा आज काठमाडौंको रिङरोडमा महङ्गी विरुद्ध लगायतका माग राखी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै मोटरसाइकल र्यालीको आयोजना गर्यो।
सयौं संख्यामा मोटरसाइकलमा सहभागी युवाहरु सम्मिलित उक्त मोटरसाइकल र्याली एपि मसिहा पार्टीको कार्यालय सुकेधाराबाट विहान ११ बजे शुरु भएर शहरका विभिन्न ठाउँहरुमा परिक्रमा गरी पूनः पार्टी कार्यालयमा पुगी सम्पन्न भएको थियो । सुकेधाराबाट शुरु भएको मोटरसाइकल र्याली चावहिल, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलंकी, नयाँ बसपार्क, सामाखुशी, महाराजगञ्ज चक्रपथ हुँदै पूनः पार्टी कार्यालयमा पुगेर टुङ्गिएको थियो।
कार्यक्रममा एपी मसिह पार्टीले उठाएका मुद्दाहरू यसप्रकार छन्ः
पेट्रोलियम पदार्थ लगायत सम्पूर्ण महंगी नियन्त्रण गर।
निःशुल्क शिक्षा , स्वास्थ्य लागु गर।
महिला हिंसा अन्त्य गर।
बलात्कारीलाई कडा कारवाही गर।
भष्टाचार अन्त्य गर।
धार्मिक विभेद अन्त्य गर।
विदेशीसंग नझुक र नेपाली भूमि फिर्ता ल्याउ।
शान्त, समृध्द नेपाल बनाऔं।
लगायतका मागहरु उल्लेख गरिएका ब्यानर तथा प्लेकार्ड सहित र्याली गरिएको थियो।
सरकारद्धारा पेट्रोलिम पदार्थका साथै दैनिक उपभोग्य सामाग्रीमा गरिएको मुल्य वृद्धिको विरुद्ध र देशमा रहेका अल्पसंख्यक धार्मिक समुदायमाथि राज्यबाटै भएको ज्यादती लगायतका माग राखी गरिएको सो मोटरसाइकल र्यालीको नेतृत्व पार्टीका अध्यक्ष भरत गिरीले गर्नुभएको थियो।




