मनाेरञ्जन

आजबाट खुले देशभरका हलहरु

विगत साढे ५ महिनादेखि बन्द रहेका देशभरका हलहरु आजबाट संचालनमा आएका छन् ।

हल संचालनका लागि काठमाडौं उपत्यकामा प्रशासनले अनुमती दिएको करिब एक महिना भएको छ । मोफसलका विभिन्न जिल्लामा भने जिल्ला प्रशासनको अनुमती पाएसँगै हलहरु सुचारु भएका हुन् । आजबाट देशभर हल खुलेपनि दर्शकको उपस्थिती भने अपेक्षित छैन । आजबाट देशभरका हलमा अंग्रेजी चलचित्र ‘फास्ट एन्ड फ्यूरियस ९’ रिलिज गरिएको छ ।

यो चलचित्रलाई दर्शकले इन्टरनेटमा हेरिसकेकाले पनि हलमा बाक्लो उपस्थिती नभएको हुनसक्छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले छाया सेन्टर, सिभिल मल, लबिम मल, भक्तपुर र विराटनगर गरी यो चलचित्रलाई १३ शोज दिएको छ । असोज २६ गतेबाट भने दर्शकले हलमा नेपाली चलचित्र ‘डाँडाको वर पीपल’ हेर्न पाउनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>