मनाेरञ्जन

अभिनेत्री करिश्मा मानन्धरलाई सम्मान

काठमाडौँको ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औँ वार्षिक उत्सव शनिबार मनाएको छ। अग्रज अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मान गर्दै सो वार्षिक उत्सव मनाइएको हो। कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो।

सो समारोहकी प्रमुख अतिथि करिश्मा मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफूहरूलाई सुन्दरताको महत्त्व धेरै हुने गरेको बताइन्। रश्मिलाज फेसियल हाउसलाई १४ औँ वार्षिक उत्सवको कामना गर्दै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारीलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उद्योगको रूपमा सेवा गरेको जिकिर गरिन्।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौँ भन्ने उद्देश्यले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताइन्। यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नुका साथै आफूहरूले मासिक रूपमा हजारौँ कस्टमरलाई सौन्दर्य सम्बन्धी पूर्ण सेवा दिन सकेको बताइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>