मनाेरञ्जन

‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

अमेरिकामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका’को अफिसल कोरियोग्राफरमा ‘मिस नेपाल वर्ल्ड २०१०’की विजेता सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन् ।

मिस नेपाल नर्थ अमेरिकाको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले कोरियोग्राफरमा श्रेष्ठ नियुक्त भएको जानकारी दिए । त्यस्तै संस्थाले कार्यक्रमको आधिकारिक परामर्शदातामा २०१८ की ‘मिस नेपाल वल्र्ड’ विजेता शृंखला खतिवडालाई पनि नियुक्त गरेको छ । कार्यक्रम प्रस्तोतामा ‘मिस नेपाल अर्थ २०१०’की विजेता साहना बज्राचार्य छानिएकी छन् । ‘मिस नेपाल युनिभर्स २०१८’की विजेता मनिता देवकोटा भने प्रतियोगीताको प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोगी चयन भएकी छन् ।

अमेरिकाको उतर भेगमा रहने नेपाली युवतीहरुको सहभागीता रहने प्रतियोगीताका करिब डेढ दर्जन प्रतियोगी अहिले प्रशिक्षणमा छन् । सहभागीका लागि प्राप्त तीन दर्जन बढी आवेदन मध्येबाट प्रारम्भिक छनौटमा छानिन सफल प्रतियोगी मात्र प्रशिक्षणमा जुटेका हुन् । प्रतियोगिताको विजेता आगामी ७ अगस्त २०२१ मा आयोजना हुने अन्तिम प्रतिस्पर्धाबाट छानिने छ । जसमा शिर्ष सहित उपविजेता समेत घोषणा हुने आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>