सूचना प्रबिधि

सार्वजनिक सवारीमा जीपीएस ट्रयाकिङ शुरु

काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा ‘जीपीएस भेहिकल-ट्रयाकिङ सिस्टम’ को प्रयोग शुरु गरेको छ। परीक्षणका रूपमा शुरुआतको चरणमा ‘फर्स्ट कम, फर्स्ट सर्भ’का आधारमा १०० वटा सवारीमा निःशुल्क सेवा दिएर प्रोत्सहान गर्ने योजना छ ।

पहिलो दिनमा आइतबार १७ वटा सार्वजनिक बसमा यस्तो ट्रयाकिङ सिस्टम जोडिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। उनका अनुसार काठमाडौं-पोखरा, काठमाडौं-वीरगञ्ज काठमाडौं-बर्दिबास-जनपुर रुटमा चल्ने सवारीबाट यसको शुरुआत गरिएको हो ।अन्तर्राष्ट्रिय अभ्यासअनुसार सवारी व्यवस्थापन गर्न आधुनिक प्रणालीमा जान खोजिएकोे विभागका महानिर्देशक घिमिरेले बताए।

सबै सार्वजनिक सवारीमा जीपीएस सिस्टम लगाएर एउटा कन्ट्रोल रुम बनाउन सकिने र देशभरको सार्वजनिक सवारी व्यवस्थापनको अवस्था एउटै कक्षबाट निरीक्षण गरेर नियन्त्रण गर्न सकिने विभाग बताउँछ। ‘जीपीएस सिस्टम लागेपछि कुन सवारी कति बजे कहाँबाट छुट्यो र कुन ठाउँमा कति बजे पुग्छ भन्ने जानकारी पाइन्छ,’ उनले भने, ‘सर्वसधारणले पनि सार्वजनिक सवारीको कहाँ पुग्यो भनेर जानकारी लिन सक्ने गरी एप पनि विकास गरेका छौं।’ उनले आफ्नो सवारी रहेको लोकेसन र गतिबारे लाइभ मनिटरिङ गर्न सकिने भ्एकाले सवारी धनी नै यसमा आकषिर्त हुने घिमिरे दावी गर्छन्। सवारी दुर्घटना नियन्त्रणमा यो सिस्टम सबैभन्दा बढी उपयोगी हुने यातायात व्यवस्था विभागको दाबी छ।

अहिले ८० प्रतिशत सवारी दुर्घटना उच्च गतिमा सवारी चलाएका कारण हुन्छन्। राजमार्गमा तोकिएभन्दा उच्च गतिमा दौडने प्रवृत्तिलाई जीपीएस सिस्टमले निरुत्साहित गर्न सक्ने घिमिरे बताउँछन्। उच्च गतिमा रहेका सवारीलाई ट्राफिकले तत्कालै नियन्त्रणमा लिएर सावधान गरान सक्ने विभागको भनाइ छ। कुनै सवारी दुर्घटनामा परेको जानकारी लिन सजिलो हुने र राजमार्गमा विभिन्न कारण आउने अवरोध तथा जामको प्रारम्भिक सूचना पनि लिन सकिने विभाग बताउँछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>