धर्म संस्कृतिसमाचार

गोरखामा ‘ऐतिहासिक पुनरुत्थान दिवस -२०७९’ भब्यताको साथ सम्पन्न

गोरखा। गोरखा जिल्लाभरका चर्चबाट हजारौँको संख्यामा सहभागीता रहेको गोरखाली इसाई समुदायले येशु ख्रीष्टको पुनरुत्थान दिवस ‘ऐतिहासिक पुनरुत्थान दिवस -२०७९’ भब्यताको साथ मनाएका छन्।

बिश्वो मानव जातिको मुक्तिदाता येशू ख्रीष्ट मृत्युवाट बौरी उठ्नु भएको दिन इस्टर तथा पुनरुत्थान उत्सवको अवसरमा गोरखा इसाई समाज, पालुङटार इसाई समाज, सिरानचोक इसाई समाजको संयुक्त आयोजनामा विविध कार्यक्रमसहित आइतबार ऐतिहासिक पुनरुत्थान दिवस २०७९ मनाएका हुन्।

शान्ति पदयात्रा –यालीसहित गोरखा बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो। गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारको टुडिँखेलमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र विशेष आतिथ्यता पालुङटार नगरपालिका मेयर दिपकबाबु कँडेलले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख वक्ता स्वतन्त्र विश्वव्यापी मण्डलीका पास्टर तथा विनिप्रप्र सेवकाई नेपालका संस्थापक अध्यक्ष रेभ. डा. चेत बहादुर खरेल हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले गोरखा जिल्ला ऐतिहासिक, धार्मिक र जैविक विविधताले पूर्ण जिल्ला भएकोले सबै धर्मको सम्मानजनक पहिचान हुनुपर्ने बताउनुभयो। वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित भएको बताउनुहुँदै नगरप्रमुख पन्तले गोरखा जिल्लाको विकास र समृद्धिमा गोरखाली इसाई समुदायको पनि ठुलो योगदान रहेको बताए।

पालुङटार नगरपालिका मेयर दिपकबाबु कँडेलले गोरखा जिल्लामा सबै धर्म मान्ने व्यक्तिहरुको बसोबास भएकोले सबैले एकअर्कालाई सहयोग गर्दै समाजमा धार्मिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्ने बताए। हरेक ऐतिहासिक कार्य गोरखा जिल्लाबाट भएकोले सबै धार्मिक समुदायको लागि गोरखा जिल्ला एक नमुनाको जिल्ला हुनुपर्ने बताउनुभयो। नगरपालिले धार्मिक मठ, मन्दिरलाई सरह चर्चलाई पनि बजेट विनियोजित गरेको स्मरण गर्नुभएको थियो।

ख्रीष्ट येशूको पुनरुत्थान विषयमा प्रचार गर्दै कार्यक्रमका प्रमुख वक्ता डा. खरेलले येशूको ख्रीष्ट मृत्युबाटको पुनरुत्थानले मानव जातीको निम्ति मुक्तिको ढोका खोली दिएको बताउनुभयो। येशू ख्रीष्ट सबै जातिको लागि प्रेम र प्रेरणाको स्रोत भएको उनले बताए। कार्यक्रममा सयौँको संख्यामा रोगीविरामीले चंगाई पाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>