राजनीतिसमाचार

माधव नेपाल जत्तिको नैतिकवान नेता देखेको छैनः राजेन्द्र राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सादगी र नैतिकवान् नेता भएको बताएका छन्।

झापामा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को भेलामा राईले नेपालको प्रशंसामा अधिकांश समय बिताएका थिए। आफू खेलप्रेमी मात्र नभएर एक बेला खेल जीवन बिताएको स्मरण गर्दै राईले मन्तव्य सुरु गरे। ‘कुनै बेला म कुनै खेलको प्रशिक्षण लिइरहेको थिएँ,’ उनले भने, ‘त्यसकारण मलाई खेल नौलो कुरा होइन।’

उनले माधव नेपाल हातमा आएको प्रधानमन्त्री पद धेरै पटक त्यागेको दाबी गरे। ‘मैले नेपाली राजनीतिमा माधव नेपाल जत्तिको नैतिकवान् नेता देखेको छैन,’ उनले भने, ‘कति पटक उहाँले किस्तीमा दिइएको प्रधानमन्त्री छाड्नुभएको छ। एक पटक उहाँले खाँदाखाँदैको प्रधानमन्त्री छाड्नुभएको छ, उहाँ नैतिकता भएको नेता हो । उहाँ सादगी नेता हो।’

माधव नेपालको अझै प्रधानमन्त्री बन्ने सम्भावना रहेको उनको भनाइ छ। ‘धेरैचोटी उहाँले प्रधानमन्त्री छाड्नुभएको छ, अझै उहाँको सम्भावना धेरै छ,’ राईले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>