अर्थ खबरकृषि

कृषी तथा पशुपन्छी बीमाको अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

कमल घिमिरे, पाँचथर। कृषी तथा पशुपन्छी बीमा सम्बन्धि एक दिने अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम पाँचथर सदरमुकाम फिदिममा सम्पन्न भएको छ।

फिदिमको एन.एल.जी. इन्स्योरेन्स कम्पनी कार्यालयको आयोजनामा भएको कार्यक्रममा पशु तथा कृषी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रस्ट पारिएको थियो। कार्यक्रमको सहजिकरण एन.एल.जी. इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममा पाँचथर जिल्लाका कृषकहरु, फिदिम नगरपालिका १ नम्बर वडा अध्यक्ष गजाधर भट्टराई, फिदिम नगरपालिका कृषी तथा पशुपन्छी शाखा प्रमुख तिर्थ मिश्र, पशु प्राविधिक लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रम प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठको अध्यक्षता र उद्योग वाणिज्य सँघका महासचिव नवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>