भिडियो

‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ। नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समिति (रासस)का फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको छ।

रेजिना तुलाधरले पहिलोपटक निर्देशन गरेको उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गरेका हुन्। ‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>