भिडियो

सुगमको गीतमा राज र श्वेताको रोमान्स

काठमाडौँ। गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘आफू आफूमा’ सार्वजनिक भएको छ। सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतमा विजेस्वर तुलाधरको एरेन्ज रहेको छ। गीतको भिडियोमा अन्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल राज फैजु, दिलु खत्री र श्वेता मिश्रको अभिनय देख्न सकिन्छ । राज लामो समयपछि म्युजिक भिडियो अभिनयमा देखिएका हुन्।

फेसन र मोडलिङमा काम गर्दै आएका राज पछिल्लो समय राम्रा ब्राण्डका विज्ञापनमा देखिँदै आएका छन्। भिडियोमा मोडलहरू श्रीषा बैदार र रेश्मा श्रेष्ठले डिजाइन गरेको ड्रेसमा प्रस्तुत भएका छन्। प्रदीप गन्धर्वको छायाङ्कन, श्याम कुँवरको छायाङ्कन रहेको भिडियोका निर्देशन सोहन मानन्धरले गरेका हुन्। भिडियो पोखराको आकर्षक लोकेसनमा छायाङ्कन भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>