मनाेरञ्जन

चर्चित नायिका रेखा थापाले गरिन् दोश्रो विवाह

२ फागुन, काठमाडौं। अभिनेत्री रेखा थापाले विवाह गरेकी छन्। उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो। यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो। रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए। प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन्।

उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका स्रोतको भनाइ छ। २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एकदशकसम्म चलचित्र क्षेत्रमा राज गरिन्। हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन्। शाही भने पर्यटन व्यवसायी हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>