मनाेरञ्जन

इन्गेजमेन्ट गरे कमल र मेलिनाले

काठमाडौं, भदौ २७। केही समयदेखि प्रेम सम्बन्धमा रहेका गायक कमल खत्री र गायिका मेलिना मैनालीबीच इन्गेजमेन्ट भएको छ।

आइतबार उनीहरूले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै आफूहरूबिच इन्गेजमेन्ट भएको जानकारी दिएका हुन्। एउटै स्टाटस सेयर गर्दै उनीहरूले जीवनको नयाँ अध्यायको सुरुवात भएको बताएका छन्। ‘चाहना यति छ कि साथ तिम्रो होस र जीवन कहिले खतम नहोस्। जीवनको उतारचढावमा सदैव एक अर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौँ,’ उनीहरूले भनेका छन्।

भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको हो। कमलसँग गाएको ‘फिका फिका’ बोलको गीत हिट भएपछि मेलिना चर्चामा आएकी थिइन्। त्यति बेलादेखि नै उनीहरू नजिकिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>