कृषि

केजीको १० हजार पर्ने रातो च्याउ (ग्यानोडर्मा) कसरि फलाउने ?

विश्व बजारमा मात्र नभएर नेपाली बजारमा समेत माग हुने गरेको रातो च्याउको उत्पादन अझै न्युन छ। तर, यसको बजार मुल्य भने प्रतिकेजी रु. १० हजार रहेको छ। यसबाट उत्पादन गरिने ग्यानोडर्मा कफी संसारभर लोकप्रिय छ। उक्त कफीको नियमित सेवनले ट्युमर उब्जिनबाट बचाउने, कलेजो बलियो रहने, मुटुको मांसपेसी तन्दरुस्त बन्ने, मधुमेह रोकथाम हुने आदि बताइन्छ।

ग्यानोडर्मा अर्थात रातो च्याउ नेपाली जंगलमै पाइने एक प्रकारको जंगली च्याउ हो। पछिल्लो समय यसको व्यावसायिक खेती समेत हुने गरेको छ। ग्यानोडर्मा च्याउको धेरै प्रजाति छन्। त्यसमध्ये ग्यानोडर्मा लुसिडम (Ganoderma lucidum) भनिने प्रजाति अत्यन्त उपयोगी मानिन्छ। यो च्याउ चिनियाँहरुले २ हजार बर्ष अघिदेखि उपभोग गर्दै आएका छन्।

नेपालको पहाडी क्षेत्र ग्यानोडर्माको व्यावसायिक खेतीका लागि उपयोगी हुने डा. मानन्धरको भनाई छ। यसलाई काठको मुढा वा धुलोमा व्यावसायीक तरिकाले खेती गर्न सकिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>