शिक्षा

एकैसाथ २ हजार ३ सय विद्यालयमा ‘आइसिटी ल्याब’ : मन्त्री पौडेल

सरकारले दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सयवटा विद्यालयहरुमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन्।

शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ३ वर्षभित्र देशभरका सबै विद्यालयहरुमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे। मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए। उनले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए।

मन्त्री पौडेलले भने, ‘२३ सयवटा विद्यालयहरुमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरेका छौं। यसको प्रक्रिया छिट्टै अघि बढ्छ। क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरुमा त्यसलाई निर्माण गरिनेछ। सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरेको छ। तर त्यसका लागि सरोकारवाला निकायहरुले सक्दो सहयोग गर्नुपर्ने हुन् ।’

मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नुपरेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>