राजनीतिसुदूरपश्चिम प्रदेश

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा चौधरी विजयी

धनगढी — नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन्। प्रतिद्धन्द्धी मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी भएका हुन्।

कुल खसेको २१० मध्ये चौधरीले ११४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले ९३ मत पाए। प्रदेश सम्मेलनबाट चयन भएका प्रदेश कमिटीका सदस्यहरूले मतदान प्रक्रियामार्फत माओवादी केन्द्रको नेतृत्वको टुङ्गो लगाएका हुन्।

पदाधिकारीतर्फ उपाध्यक्षमा रणबहादुर कुँवर (१०१ मत), अक्कलबहादुर रावल (१०० मत) र मानसिंह माल (१२४), सचिवमा जंगबहादुर बुढा (१६४मत), सहसचिवमा नन्दबहादुर साउँद (१५७), रामबहादुर देवकर (१४६), र अन्जिता श्रेष्ठ (१०८) र कोषाध्यक्षमा कमलकुमारी शाह (११३) विजयी भएका छन्।

गतमंसिरमा धनगढीमा माओवादी केन्द्रको प्रदेश सम्मेलन भएको थियो । तीन दिनसम्म सर्वसम्मतको प्रयास गर्दा पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति नजुुटेपछि २२३ सदस्य कमिटी चयन गर्दै सम्मेलन सम्पन्न गरिएको थियो। तर सहमतिको प्रयास असफल भएपछि करिब तीन महिनापछि सोमबार भने मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो। बडिमालिका खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>