समाचार

सचेत नागरिकको टीमद्वारा उदयपुर, रसुवामा अग्निपीडितलाई राहत वितरण गर्दै

दिपेन्द्र राई, गाईघाट। रौतामाई गाउँ पालिका स्थित वडा न ५ रसुवा बजारको रमेस राई र कमल राईको घर बैसाख १३ गते बेलुका ८: ३० बजे आगलागी हुँदा पूर्ण जलेर नस्ट भएको छ।

आगलागी पश्चात सचेत नागरिकको समुहले रकम संकलन गरि पिडितलाई हस्तान्तरण गरेका छन्। संकलन रकमहरु कटारी नगर पालिका कृषि साखाबाट विभिन्न कर्मचारीद्वारा रु ३९५० मालपोत कार्यालय कटरीबाट रु २७०० र DXN टिमहरु लगायत अन्य ब्याक्तिहरु बाट जम्मा रु १०३०५ संकलन गरि जम्मा रु १६९५५ पिडित बुझाएको छ।

पिडित रमेस राईलाई सचेत नगरीक टीमका जितेन राईको बहुलीबाट हस्तान्तरण गरिएको थियो। आगलागीमा क्षति हुनेमा कमल राईको भाडामा बस्ने सुन पसल, नीज रमेस राईको कपडा पसल नयाँ मोटर साइकल गरि आर्थिक रुपमा ठूलो क्षति भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>