प्रदेश २समाचारस्थानीय

बहालवाला वडा अध्यक्ष माथि मुद्दा दर्ता

२६ चैत्र,महोत्तरी, नबिन साह। महोत्तरी स्थित रामगोपालपुर नगरपालिका वडा नं ६ को वडा अध्यक्ष वडा कार्यालय गणपत प्रसाद सिंह र राम देव राय कुर्मी समेत ४ जना लाई बिपक्षी बनाई राजेन्द्र सिंह (राजिन्न राय)ले निषेधाज्ञा मुद्दा हालेको छ।

रामगोपालपुर नगरपालिका वडा नं.६ को वडा स्तरीय योजना राजेन्द्र सिंह को घर देखि बल्ली सहनीको घर हुदै पोखरी सम्मको सडक खण्डमा माटो ग्रेभल सडक निर्माणको योजना निर्माण कार्य अवरोध भएको छ। ८ फिट रहेको बाटो लाई अहिले १२ फिट(४ मिटर) बनाउने सडक निर्माणको‌ योजना अगाडी बढ्दै गर्दा निर्माण कार्य सम्पन्न नहुदै अवरुद्ध भएको हो। उपभोक्ता समिती अध्यक्ष राम पदार्थ सहनी र स्थानीय वडा अध्यक्ष र भद्र भलादमी र निर्माण हुन लागेको बाटोको दुबै पट्टी बसोबास गर्ने स्थानिय बासीको रोहबरमा १२ फिट बाटोमा पर्ने घर लगायतको सबै संरचना हटाउने निर्णय स्थानीय बासी लिखित हस्ताक्षर सहितको मन्जुरीनामा किर्ते हस्तक्षर गरेको जानकारी छ। जस मध्ये एक जना ब्यक्ति हुन राजेन्द्र सिंह (राजिन्न राई) उपनामले चिनिने मौखिक सहमति मात्र जनाए र मन्जुरीनामा हस्ताक्षर नगरेको जनाइएको छ।

यो योजनाको पदाधिकारीहरुको नाम
१. राम पदार्थ सहनी – अध्यक्ष
२. बिनिता राउत – कोषाध्यक्ष
३. संन्तोष पटेल‌ – सचिव
योजनाको रकम: ४,००,०००/-

यो सडक निर्माण कार्यको योजना रामगोपालपुर नगरपालिकाको मापदण्ड ४ मिटर ( १२फिट) हुनेगरी वडाले बनाइरहेको हुदा सोही सडक खण्डमा पर्ने निवेदक राजेन्द्र सिंहले आफ्नो घर जोगाउन बहालवाला वडा अध्यक्ष समेत ४ जना माथि मुद्दा जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेक हुन्। हाल निबेदकको घर नजिक सम्म सडक निर्माण कार्य भइरहेको थियो तर निवेदकको अवरोधको कारण रोकिएको छ। २०० मिटर लम्बाई रहेको सडक खण्डमा १८०मिटर सम्म माटो ग्रेभल भइसकेको छ र बाकी २० मिटरको सडक निर्माणको कार्य अवरोधको कारण रोकिएको हो।

निर्माणाधीन सडक खण्डमा निवेदकको मात्र घर रहेको छैन् तर धेरै जनाको घर रहेको छ। सबै जनाले स्वइच्छाले निर्माण कार्य अवरुद्ध नहुनेगरी १२ फिटको (४ मिटर) मा पर्ने घर लगाएतको संरचना भत्काएको छ र कतिपयले भत्काई रहेको छ। निवेदकले मात्र निर्माण कार्यको कामकागलाई प्रभावित र अवरोध गर्ने मनसायले वडा अध्यक्ष लगाएत ४ जनालाई बिपक्षी बनाई मुद्दा दायर गरेका छन्। “बिकास बिरोधी मान्छे रहेको र बिकास निर्माणको काम मन नपराउने केही मानिसहरूको उक्साहटमा परेर बिकास निर्माणको कार्यलाई प्रभावित पार्ने उद्देश्यले हामी माथि मुद्दा गरेको छ” भन्ने कुरा स्थानीय वडा अध्यक्ष शिव चन्द्र महतोले बताउनु भएको छ। सम्माननिय महोत्तरी जिल्ला अदालतले दुबै पक्षलाई छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने गरी मिती: २०७९/१२/२९ गते दिनको ठिक १०:०० बजे छलफलको लागि पेशी तोकी बिपक्षीलाई अदालतमा उपस्थित हुनेगरी लिखित सुचना पठाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>