युट्युबमा थपिए विभिन्न नयाँ फिचर्स

८ जेठ, काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबमा विभिन्न नयाँ फिचर्स थप भएका छन्। कम्पनीले युट्युबको मोबाइल एप तथा वेब दुबै भर्सनमा नयाँ फिचरहरु थप गरेको हो। नयाँ फिचर्समा most replayed, video chapter लगायतका रहेका छन्।
यस अन्तरगत मोस्ट रिप्लेड फिचर सबैभन्दा खास रहनेछ। यो फिचरले प्रयोगकर्तालाई उसले हेरिरहेको भिडियोको सबैभन्दा लोकप्रिय भाग कुन हो भनेर बताइदिनेछ। यसअघि युट्युबले मोस्ट रिप्लेड फिचरलाई परीक्षणका रुपमा प्रिमियम प्रयोगकर्ताका लागि लञ्च गरेको थियो । जुन अब आम प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ। प्रयोगकर्ताले अब आइओएस, एन्ड्रोइड तथा डेस्कटप कुनैपनि प्लाटफर्ममा युट्युब हेर्दा यो फिचर प्रयोग गर्न सक्नुहुन्छ।
युट्युबले भिडियो प्लेयर सँगै एउटा ग्राफपनि थप गरेको छ जसले भिडियोमा सबैभन्दा धेरै रिप्ले गरिएको हिस्साको बारेमा जानकारी गराउँदछ। उक्त ग्राफको प्रयोग गरी प्रयोगकर्ताले सजिलैसँग पूरै भिडियो स्क्रोल गर्न सक्दछन् र सबैभन्दा धेरै प्ले गरिएको हिस्सा हेर्न सक्दछन्। युट्युबले थप गरेको भिडियो च्याप्टर फिचर प्रयोग गरी प्रयोगकर्ताले कुनैपनि भिडियोको निश्चित खण्ड हेर्न सक्नेछन्। युट्युबले सन् २०२० मा स्मार्ट टिभी तथा गेमिङ कन्सोलका लागि यो सेग्मेन्टिङ टूल लञ्च गरेको थियो। च्याप्टर फिचरले प्रयोगकर्तालाई कुनैपनि भिडियोका भिन्न भिन्न हिस्सा देखाउँदछ र त्यसमध्ये प्रयोगकर्ताले आफुलाई मनपर्ने हिस्सा मात्र हेर्न सक्दछन्।
त्यस्तै युट्युबले सिंगल लूप फिचर पनि थप गरेको छ। यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै भिडियोलाई लूप गरेर हेर्न सक्दछन्। त्यस्तै युट्युबले Seek to Exact Moment फिचर पनि थप गरेको छ। यो फिचर सुरुमा प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ। एजेन्सीको सहयोगमा