शिक्षा

छात्रालाई ‘बेड पार्टनर’ अफर गरेपछि…

काठमाडौं, जेठ ११। काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा मंगलबार एकाएक विद्यार्थीले नाराबाजी गर्न थाले। कलेजका शिक्षकले नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाएपछि उनीविरूद्ध बिहानै विद्यार्थीहरू नाराबाजीमा उत्रिएका हुन्।

कलेजको बिहानी सत्रका संयोजकसमेत रहेका शिक्षक जनार्दन अधिकारीमाथि कक्षा ११ मा अध्ययनरत एक छात्राले तीन महिनादेखि आफूलाई सामाजिक सञ्जाल र भौतिक रूपमै दुव्र्यवहार गर्ने गरेको आरोप लगाएकी थिइन्। जुन कुरा उनले आफ्ना परिवार र कलेजका साथीलाई जानकारी दिएकी थिइन्। त्यसपछि विद्यार्थी आन्दोलित भएका हुन्। ती छात्राले आरोप सार्वजनिक गरेपछि सोही कक्षामा अध्ययनरत अन्य दुईजना छात्राले पनि आफूसँग दुव्र्यवहार भएको खुलाएका थिए। उनीहरूले थप अर्का शिक्षक राजनकुमार पौडेलमाथि पनि आरोप लगाएका छन्। तीन महिनादेखि आफूमाथि शारीरिक दुव्र्यवहार गर्ने गरेको र त्यसलाई रोक्न खोज्दा ‘तलाई निष्कासन गर्दिन्छु’ भन्ने धम्की ती शिक्षकले दिने गरेको आरोप छात्राको छ।

‘आफ्नो दाइ वा भाइसँग बेन्चमा बसेका बेला त्यहाँ नबस, तिमीलाई बेन्चमै सेक्स गर्दिन्छु भन्ने रहेछन्,’ ती छात्राका एक सहपाठी साथीले भने, ‘विल यु बि माई बेड पार्टनररु तिम्रो घर टाढा छ, मेरै घरमा बस, भाडा पनि लिन्नँ। कलेज फी पनि तिर्दिन्छु। बस तिम्ले मेरो बेडको सेटिस्फिकेसन पूरा गर्नुपर्‍यो। यसो भन्ने रहेछन्।’ त्यस्तै ‘तिम्ले मिनिस्कट लगाएको सेक्सी देखिन्छ’ लगायत विभिन्न यौन दुव्र्यवहारजन्य शब्द प्रयोग गर्ने गरेको ती छात्राहरूले सुनाएको उनका साथीले बताएका छन्। आरोप लगाउने पीडित एक छात्राले ती शिक्षकले बारम्बार आफ्नो ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने गरेको बताइन्। ‘म पत्नीबाट सेटिस्फाइ ९सन्तुष्ट० छैन।

तिमी मलाई मनपर्छ, त्यसैले मेरो पार्टनर बन भनेर बारम्बार भनिराख्ने,’ उनले भनिन्, ‘केही इग्नोर गर्दा धम्क्याउने, निष्कासन गर्दिन्छु भन्ने। बाध्य भएर अहिले बोल्नुपर्‍यो।’ ती छात्राले आफूसँग हुने कुराकानीबारे अभिभावक वा कलेज प्रशासनलाई जानकारी दिएमा तत्काल कलेजबाट निष्कासन गर्ने धम्की पनि दिएका थिए। कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्कासन गरेको कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले बताएका छन्। नागरिक दैनिकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>