मनाेरञ्जन

कलाकार शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

दिग्गज कलाकार तथा नेपाली टेलिभिजनका जन्मदाता नीर शाह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७८’ बाट सम्मानित भएका छन् ।

‘नेशनल टेलिफिल्म अवार्ड २०७७’ को अवसरमा उनलाई शो सम्मान प्रदान गरिएको हो । चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा शाहलाई उक्त सम्मान संस्कृतिविद् तथा वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतले प्रदान गरे । कार्यक्रममा चलचित्र पत्रकार बिष्णु प्रसाद सुवेदीलाई समेत पुरस्कृत भए । सुवेदीले ‘चलचित्र पत्रकारिता पुरस्कार २०७८’ पाए ।

कलाकार उत्तम केसी, रमेश बुढाथोकी, लय संग्रौला, सुरविर पण्डित, सरिता लामिछाने लगायत दर्जनौं कलाकार्मीको उपस्थिती रहेको कार्यक्रममा निर्देशक सुदर्शन थापा, कलाकार रविन्द्र खड्का, पत्रकार प्रकाश सुवेदीले समेत सम्मान पाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>