धर्म संस्कृतिसमाचार

जातजाति, भाषा र धर्मका तथ्यांक किन भएनन् सार्वजनिक ?

११ चैत, काठमाडौं। राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक गर्दा जातजाति, भाषा र धर्मसँग सम्बन्धित तथ्यांक भने सार्वजनिक गरिएको छैन।

राष्ट्रिय तथ्यांक कार्यालयले आगामी दुई वर्ष भित्र सबै तथ्यांक सार्वजनिक गरिसक्ने भनेको छ । तर जनगणनाको मुख्य अवयव मानिने भाषा, धर्म र जातजातिसँग सम्बन्धित तथ्यांक नआउँदा भने नतिजा अपुरो बनेको छ। यी तथ्यांक संवेदनशील रहेको र जातजाति, समूह र पहिचानको विवादबारे केही निवेदनहरु समेत आएका कारण थप छलफल गर्नुपर्ने भन्दै कार्यालयले अहिले तथ्यांक सार्वजनिक नगरेको हो।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले भने, ‘जातजाति र समूह कायम गर्ने सम्बन्धी केही मुद्दा सर्वोच्च अदालतमा पनि विचाराधीन छन्, साथै संवैधानिक आयोग र सरोकारवालासँग थप छलफल गर्न आवश्यक भएका कारण यी तथ्यांक अहिले सार्वजनिक नगरिएको हो।’ नेपालमा जातजातिका आधारमा सरकारी सेवामा आरक्षणको सुविधा छ। सोही कारण सकेसम्म कम विवाद हुने गरी तथ्यांकहरु ल्याउने गरी कार्यालयले जनजाति आयोग, मुस्लिम आयोग, दलित आयोग तथा सरोकारवाला संघसंस्थासँग समेत कार्यालयले थप छलफल गर्ने उनले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>