राष्ट्रियसमाचारस्थानीय

टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)

काठमाडौं, १५ पुस। गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन्। गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन्।

काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन्। टुंडिखेलमा भेला हुनुअघि सहरका विभिन्न स्थानबाट झाँकी, र्‍याली निकालिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि टुँडिखेल पुगेर तमु ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन्।

सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>