प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघ (युएन) को महासभामा गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ (युएन) को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले नेपाल अतिकम विकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ भिजन दिने गरी युएन महासभामा प्रस्तुत हुने दाबी गरेका हुन्। सो महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिब मुलुकहरूले भोग्नुपरेको समस्याबारे पनि जोड दिएर धारणा राख्ने बताए। उनले आफ्नो चीन भ्रमणमा पनि कृषि, पूर्वाधार र विद्युतका लागि ट्रान्समिसन लाइन निर्माणमा बढी जोड दिएर छलफल गर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनतामा निराशा बाँड्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे। अँध्यारोमा हेर्ने र त्यतैतिर जाने काम गरे मुलुक अफ्ट्यारो
तिर नै जान सक्ने उनको भनाई थियो। प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन इनर्जीको प्रचुर सम्भावना नेपालमा रहेकाले त्यसको विकासमा पनि आफूहरु लागि परेको दोहोर्याए।