प्रदेशसमाचारसुदूरपश्चिम प्रदेशस्थानीय
दुइ दिनबाट बैतडीका ६० बाढी प्रभावित उद्धारको पर्खाइमा

३ कार्तिक, बसन्त बोगटी, धनगढी। गत आइतबारदेखिको लगातार वर्षाको कारणले सुदूरपश्चिमको बैतडी जिल्लाको सिगास गाउँपालिका स्थित ढुंगाड बस्ती भित्र सेती नदीको बाढी पसेपछि ६० जना प्रभावित उद्धारको पर्खाइमा बसिरहेका छन् ।
सोमबार राति १० बजेदेखि नै उद्धारको पर्खाइमा बसेका उनीहरूले जति सक्दो छिटो उद्धार गरि दिन आग्रह गरेका छन् । दुइ दिनसम्म पर्खदा पनि उद्धार हुन् सकेका छैनन्। मङ्गलवार उद्धार गर्ने तयारी भए पनि मौसम प्रतिकुल बन्दा उद्वार सम्भव भयको थिएन।
बुधवार बिहानै उनीहरूलाई उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको सुदूरपश्चिम प्रदेश सरकारकि प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिएकी छन्। ‘पहिलो चरणमा हामी त्यहाँ हेलिकप्टर पठाएर उद्धार गर्ने विषयमा नेपाली सेनासँग समन्वय गरिरहेका छौँ,’ उनले भनिन् ।




