मनाेरञ्जन

‘बखत्ते’ छायांकन सुरु, शीर्ष भूमिकामा विपिन र मिरुना

काठमाडौं । उपेन्द्र सुब्बाको पटकथा लेखन र निर्देशनमा कथानक फिल्म ‘बखत्ते’ निर्माण हुन लागेको छ ।

यो फिल्मको औपचारिक छायांकन शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिरमा शुभमुहूर्त पूजा गर्दै सुरु गरिएको हो । निर्माता आशिष तामाङ र प्रदीपजी धामी आन्भी फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण गर्दै छन् । विपिन कार्की र मिरुना मगर शीर्ष भूमिकामा अभिनय गर्नेछन् । यसमा शिशिर बाङ्देल, अनुराग कुवँर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषाकिरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामाको पनि अभिनय रहनेछ ।

निर्देशक सुब्बा भन्छन्, ‘लामो समय लिएर बखत्ते निर्देशन गर्न लागिरहेको छु । आशा छ, यो कथाले दर्शकहरूलाई आकर्षित गर्नेछ । इमान्दारीपूर्वक कथा लेखेको छु र फिल्म पनि त्यही इमान्दारीले बनाउँनेछु । विश्वास छ, दर्शकले पनि यो मन पराउनुहुनेछ ।’ सुब्बाको पछिल्लो निर्देशनको काम ‘जारी २’ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>