बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले राम्रा काम हुँदैछन् : हरिवंश आचार्य

काठमाडौं, २८ भदौ । वरिष्ठ कलाकार हरिवंश आचार्यले भने कि काठमाडौं उपत्यका लगभग ५० वर्षअघि बिग्रन थालेको भए पनि हाल महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन केही उत्कृष्ट कामहरू देखिएका छन् । अहाँले उक्त विचार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा व्यक्त गरे । उनले उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको बताए ।
कार्यक्रममा उनले भने कि करीब ५० वर्ष पहिलेबाट महानगर बिग्रन सुरु भएको थियो, तर हाल धेरै बिग्रिसकेको छ। हालका समयमा भने कुनै राम्रा प्रयासहरू महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा भइरहेको छ । ठाउँ–ठाउँमा बनेका फल्चाले संकटकालीन ओत स्थान मात्र नभएर हाम्रो सम्पदा र संस्कृतिलाई जगेर्ना गर्ने भूमिका निभाउछन् ।
काठमाडौंलाई ‘देवताहरूको सहर’ भनेर चित्रण गर्दै उनले यहाँका बासिन्दाले पनि आफ्नो सम्पदा र महानगरको रक्षा गर्न देवताजस्तै सक्रिय हुनुपर्नेमा जोड दिए । उनले केही महिनाअघि भारतीय युट्युबरहरूले बनाएको काठमाडौंको सरसफाइ र सौन्दर्यसम्बन्धी सामग्री हेर्दा गर्व महसुस गरेको बताए । युट्युबरहरूले काठमाडौंको सफा र आकर्षक स्थितिको प्रशंसा गरेपछि थप गर्व महसूस भएको उनले बताए ।
आचार्यले सल्लाह दिए कि महानगरपालिकामा भएका सकारात्म बदलावलाई कायम राख्दै सम्पदा संरक्षण, सरसफाइ, र सौन्दर्यतामा अझ ध्यान दिइनु आवश्यक छ । महानगरको विकास र संरक्षणमा नेतृत्वको मात्रै नभई महानगरवासीको पनि महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सबैले आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने कुरा औंल्याए ।




